गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ६)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग ६)
दलित जातका दुसाध अर्थात् पासवान पुजारी रहने सहलेस मन्दिर कुन जिल्लामा पर्छ ?
१. दस दृष्टिकोणका लेखक को हुन् ? – जगदीश शमशेर राणा
२. स्वेच्छिक मृत्युको कानुन कुन देशमा छ ? – बेल्जियम
३. वेदमा के छ कसले लेखेका हुन् ? – स्वामी प्रपन्नाचार्य
४. नेपालको पहिलो सहिद लखन थापालाई के को बोटमा झुन्ड्याएर मारिएको थियो ? – खिर्रा
५. वरिष्ठ संगीतकार अमर गुरुङको निधन कहिले भएको हो ? – २०७३ जेठ २६
६. जिका भाइरस सबैभन्दा पहिले कुन मुलुकमा देखा परेको थियो ? – युगान्डा
७. आयात–निर्यातमा विचलन रोक्न तथा आयात–निर्यातमा सरलीकरण गर्न भन्सार विभागले आधुनिक एक्जिम कोड कहिलेदेखि लागू गरेको हो ? – २०७४ साउन १
८. नेपालमा पहिलोपटक दुई भिन्न रक्त समूहका व्यक्तिबीच मृगौला प्रत्यारोपण कहिले भयो ? – २०७३ चैत ९
९. सीएनएन सुपर हिरो २०१६ बाट कसलाई सम्मान गरियो ? – पुष्पा वस्नेत
१०. विश्वकै लामो सुरुङमार्ग कुन देशमा छ ? – स्विट्जरल्यान्ड, ५७ किमी
११. द बैंकर पत्रिकाले सन् २०१६ को संसारकै उतकृष्ट अर्थमन्त्रीमा कसलाई चयन गरेको थियो ? –रामशरण महत
१२. सगरमाथा आरोहण गर्ने नेपालको पहिलो महिला फोटोपत्रकार को हुन् ? – पूर्णिमा श्रेष्ठ
१३. नेपालमा सरोगेसी सेवामा सर्वोच्च अदालतले कहिलेदेखि रोक लगाएको हो ? – २०७२ भदौ ८
१४. अफ्रिका महादेशको सबैभन्दा ठूलो देश कुन हो ? – अल्जेरिया
१५. मदन भण्डारी स्मृति संग्रहालय कुन जिल्लामा छ ? – झापा
१६. दलित जातका दुसाध अर्थात् पासवान पुजारी रहने सहलेस मन्दिर कुन जिल्लामा पर्छ ? – सिरहा
१७. वि. सं. १९९० बाट सुरु भएको एसएलसी परीक्षा जम्मा कतिपटक सञ्चालन भयो ? – ८३
१८. तामाङ भाषाको पहिलो उपन्यास ‘दुइला ङ्हार (समयको गर्जन)’ का लेखक को हुन् ? – योगेश राल्फी
१९. नेपालको पहिलो महिला पत्रिका ‘महिला’ का सम्पादक को थिए ? – साहना प्रधान र कामक्षदेवी
२०. २५ हजार फिटबाट हाम फालेर विश्व रेकर्ड कायम गर्ने अमेरिकी नागरिकको नाम के हो ? – ल्युक एकिन्स
प्रकाशित समय १८:४१ बजे















