गृहपृष्ठ चिकित्सक–प्राविधिकसहित गैंडा पठाइने
चिकित्सक–प्राविधिकसहित गैंडा पठाइने
नेपालले चीन सरकारलाई उपहारस्वरुप पठाउन लागेको पहिलो जोडी गैंडा चिकित्सक, प्राविधिक र सहयोगीसहित पठाइने भएको छ । यही असार २८ गते ‘भद्र’ र ‘रुपसी’लाई चीन पठाइँदै छ ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार निकुञ्जका वरिष्ठ चिकित्सक डा. कमल गैरेको नेतृत्वमा राष्ट्रिय प्रकृति संरक्षण कोषका एक प्राविधिक र तीन सहयोगीसहित गैंडा पठाउन लागिएको हो ।
गैंडा नियन्त्रणदेखि हाल सौराहामा राखिएको समयमा सँगै रहेर काम गरेका चिकित्सक, प्राविधिक र सहयोगी चीनसम्म नै जाँदा गैंडाको रेखदेख राम्रो हुने भएकोे छ । गैंडा लिनका लागि चीनको चेमलङ सफारी पार्कबाट चिकित्सक र प्राविधिक टोली यसअघि नै आइसकेको छ ।
(रासस)
प्रकाशित समय १२:३९ बजे
















