गृहपृष्ठ सेयर बजारमा ४८ करोडको कारोबार, घटेर बन्द
सेयर बजारमा ४८ करोडको कारोबार, घटेर बन्द
आइतबार ४८ करोडको किनबेच भएको सेयर बजार सामान्य घटेर बन्द भएको छ ।
कारोबार खुलेदेखि नै तीव्र उतारचढाव देखिएको बजार अन्तिम समयमा ०.०२ अंकले घटेर बन्द भएको हो ।
बैंकिङ, होटल, उत्पादनमूलक र अन्य समूह बढे पनि बाँकी समूह ओरालो लागेपछि समग्र बजार परिसूचक नकारात्मक बन्यो । सेयर कारोबारमा आएको सुधारले भने लगानीकर्तालाई राहत दिएको छ । गत साताको अन्तिम दिन बिहीबारदेखि कारोबार रकममा सुधार आएको छ । बिहीबार नेप्से पनि करिब ३६ अंकले बढेको थियो ।
सेयर विश्लेषकहरुले अनलाइन कारोबार, तरलता व्यवस्थापनलगायतका कारण बजारले चाँडै बुलिस ट्रेन्ड समात्न सक्ने बताएका छन् ।
प्रकाशित समय १९:३० बजे

















