गृहपृष्ठ राजपा अध्यक्ष मण्डलको बैठक बस्दै
राजपा अध्यक्ष मण्डलको बैठक बस्दै
फाइल फाेटाे
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक विहिबार पनि बस्दै छ । राजपाको कन्द्रीय कार्यालय बबरमहलमा बिहिबार दिउँसो बस्ने वैठकमा पार्टीको विधानमा उल्लेखित प्रावधानका विषयमा छलफल हुने अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।
बैठकमा संसदीय दलको नेता, उपनेता, प्रमुख सचेतक, सचेतक लगायतका पदका सम्बन्धमासमेत छलफल हुने यादवले जानकरी दिए । संसदीय दलको नेतामा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई नै चयन गर्ने अनौपचारिक सहमति यसअघि नै भए पनि थप विषय टुंग्याउँन बाँकी छ ।
‘आउँदो शनिबार संसदीय दलको नेता चयन गर्ने तय भएको छ,’ यादवले न्युज कारोबारसँग भने, ‘शनिबारसम्म मिल्न बाँकी रहेका सबै विषयमा छलफल गरी टुङ्गोमा पुर्याउने कोसिस हुन्छ ।’
संसदीय दलको नेतामा आफ्नो दाबी प्रस्तुत गर्दै आएका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई भने उपनेता बनाउने तयारी गरिएको छ । राजपाले आगामी महाधिवेशन २०७६ वैशाख ७ देखि ९ गतेसम्म गर्ने निर्णय गरिसकेको छ ।
विधान एकीकृत गर्न बनेकाे कार्यदलले महाधिवेशन पछि एक अध्यक्ष, दुई सह–अध्यक्ष, तीन महासचिव, तीन सहअध्यक्ष, एक कोषाध्यक्ष र एक प्रवक्ता रहने प्रस्ताव गरेको छ ।
प्रकाशित समय १२:३० बजे
















