गृहपृष्ठ नेपाल मेडिसिटी अस्पताल र फोर सिजनबीच सम्झौता
नेपाल मेडिसिटी अस्पताल र फोर सिजनबीच सम्झौता
नेपाल मेडिसिटी अस्पताल र फोर सिजनबीच सेवा आदान–प्रदानसम्बन्धी सम्झौता भएको छ । पर्यटन प्रवद्र्धनमा विशेष भूमिका खेल्दै आएको फोर सिजन र हेलिप्याडसहितको अन्तर्राष्ट्रिय सुविधा–सम्पन्न अस्पताल मेडिसिटीबीच पर्यटकको उपचार गर्नेसम्बन्धी सम्झौता भएको हो ।
सम्झौताअनुसार स्वदेशी तथा विदेशी पर्यटकको उपचारका लागि नेपाल मेडिसिटीले उपचार सेवा र आपद्कालीन अवस्थामा सहयोग गर्नेछ । सम्झौतापत्रमा अस्पतालका महाप्रबन्धक विजय रिमाल र फोर सिजनका निर्देशक पंकज प्रधानांगले हस्ताक्षर गरे ।
फोर सिजनका निर्देशक प्रधानांगले अत्याधुनिक प्रविधि तथा उपकरणसहितको अस्पतालसँग सहकार्य गर्नु पाउनु खुसीको कुरा भएको बताए । त्यस्तै, अस्पतालका महाप्रबन्धक रिमालले यो सम्झौतामार्फत पर्यटकलाई उपचारमा विशेष लाभ मिल्ने विश्वास व्यक्त गरे ।
प्रकाशित समय १९:३३ बजे

















