गृहपृष्ठ सबै नागरिकलाई बराबरी अधिकार : प्रधानमन्त्री

सबै नागरिकलाई बराबरी अधिकार : प्रधानमन्त्री

kp-oli-newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले सबै नागरिकलाई बराबरी अधिकार प्रत्याभूत गरेको बताएका छन् । अखिल नेपाल महिला संघ केन्द्रीय समितिले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आम नागरिकमाथि संविधानले विभेद नगरेको बताए ।

‘योगमाया न्यौपानेको सामाजिक आन्दोलनका सय वर्ष र महिला मुक्ति आन्दोलन’ विषयको अन्तक्र्रियामा उनले कुनै पनि नागरिक राज्यको अधिकारबाट बञ्चित हुनु नपर्ने बताए । प्रधानमन्त्री ओलीले समृद्धिमार्फत मुलुक बदल्ने महान् अभियानमा सहभागी हुन सबैलाई आह्वानसमेत गरे ।

उनले संविधानमा वाक् स्वन्त्रताको व्यवस्था गरेपनि जथाभाबी बोल्न नमिल्ने तर्क गर्दै देश, जनता र समाजप्रति जिम्मेवार भएर आफ्नो कर्तव्य पूरा गर्नुपर्नेमा जोड दिए । संसदमा व्यक्त गरिने अभिव्यक्तिमा सांसद स्वतन्त्र हुने भन्दै उनले मुलक देश र कानूनले सांसदमाथि विश्वास गरेको र त्यहीअनुरुप सांसदहरु पनि जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने बताए । उनले महिलाको हक अधिकारको रक्षाका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा महिला संघले संघीय संसद्का महिला प्रतिनिधिलाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहितका महिला नेत्रीले महिला मुक्ति आन्दोलनमा योगमायाको योगदानका विषयमा चर्चा गरे ।

(रासस)

प्रकाशित समय २१:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु