गृहपृष्ठ सप्तरीको तिलाठीमा एनएमबी बैंकको नयाँ शाखा
सप्तरीको तिलाठीमा एनएमबी बैंकको नयाँ शाखा
एनएमबी बैंकले सप्तरीको तिलाठी गाउँपालिकामा ११० औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकिङ पहुँच नपुगेका स्थानीय तहमा पुग्ने योजनाअनुसार एनएमबी बैंकले तिलाठीमा शाखा खोलेको हो ।
नेपाल राष्ट्र बैंकले तोकेको समय सीमाभित्रै बैंकले देशका विभिन्न स्थानीय तहमा नयाँ शाखा खोलेको जनाएको छ । एनएमबी बैंकका अनुसार भगिनी संस्था एनएमबी माइक्रोफाइनान्सको ७५ शाखा सञ्जालसमेत गरेर देशको सबै क्षेत्रमा सन्तुलित बैंकिङ पहुँच पुगेको छ ।
प्रकाशित समय ११:५३ बजे

















