गृहपृष्ठ कैलाली प्रहरीद्वारा घरेलु मदिरा नियन्त्रणमा
कैलाली प्रहरीद्वारा घरेलु मदिरा नियन्त्रणमा
कैलालीस्थित लम्की चुहा नगपालिका वडा नम्बर ३ मा रहेको इलाका प्रहरी कार्यलय चिसापानीले मंगलबार घरेलु मदिरा तथा कच्चा पदार्थ नियन्त्रणमा लिएको छ । पच्चिस सय लिटर घरेलु मदिरा तथा कच्चा पदार्थ मंगलबार नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय चिसापानीका प्रहरी निरिक्षक दिपेन्द्र कुमार खत्रीले जानकारी दिए ।
प्रहरीले कडा रुपमा घरेलु मदिरा नियन्त्रण गर्न अभियान अघि चालेको प्रहरी निरिक्षक खत्रीले बताए । मदिराका कारण समाजमा विभिन्न घटना घट्न थालेपछि प्रहरीले घरेलु मदिरा नियन्त्रणमा लिन कडा रूपमा अभियान थालेको खत्रीले उल्लेख गरे ।
प्रकाशित समय १९:४४ बजे
















