गृहपृष्ठ रुपन्देही : सडक डिभिजन कार्यालयले असारभित्रै सक्यो सवा अर्ब रुपैयाँ

रुपन्देही : सडक डिभिजन कार्यालयले असारभित्रै सक्यो सवा अर्ब रुपैयाँ

गत आर्थिक बर्षको असार महिनामा मात्रै बुटवलको सडक डिभिजन कार्यालयले १ अर्ब ३० करोड ६३ लाख ९ सय ९९ रुपैयाँ खर्च गरेको छ । यो कुल बजेट निकासको ८९.२२ प्रतिशत हो ।

हरेक असार मसान्तमा बजेट सक्ने प्रवृत्ति अनुसार नै सडक डिभिजनले असार मसान्तमा उक्त रकम खर्च गरेको हो । रुपन्देही जिल्लामा आर्थिक बर्ष २०७४/०७५ मा ६ अर्ब ८१ करोड १ लाख ४० हजार ३ सय २७ रुपैया करिब ८४.८१ ५ पुजिगत खर्च रहेकोमा २ अर्ब ८० करोड ४७ लाख १ हजार ७ सय ९८ रुपैया करिब ४२ प्रतिशत पुँजीगत खर्च असारमा भएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीका अनुसार आर्थिक बर्ष २०७४/०७५ मा रुपन्देही जिल्लामा कुल २१ अर्ब ८२ करोड १० लाख ७३ हजार ६७ रुपैया जम्मा अख्तियारी भएको थियो । जसमध्ये चालु तर्फ १३ अर्ब ७९ करोड १४ लाख ६ हजार ७ सय ६७ रुपैया र पुँजीगततर्फ ८ अर्ब २ करोड ९६ लाख ६६ हजार ३ सय रुपैयाँ रहेको छ । त्यसैगरी १९ अर्ब ७३ करोड २९ लाख ४१ हजार ८ सय ८५ रुपैयाँ जम्मा अख्तियारीको करिब ९०.४३ जम्मा खर्चमध्ये १२ अर्ब ९२ करोड २८ लाख १ हजार ५ सय ५७ रुपैयाँ करिब ९३.७० ५ चालु खर्च रहेको छ भने ६ अर्ब ८१ करोड १ लाख ४० हजार ३ सय २७ रुपैयाँ करिब ८४.८१ ५ पुँजीगत खर्च रहेको छ ।

त्यसैगरी गत आर्थिक बर्षमा राजश्व संकलन ९० अर्ब ३६ करोड ६५ लाख २५ हजार ८ सय ६२ रुपैयाँ भएको छ । राजश्व संकलन गत बर्ष २०७३/७४ भन्दा १३.१८ प्रतिशतले बृद्धि भएको हो । गत आर्थिक बर्षमा राजश्व संकलन ७९ अर्ब ८३ करोड ६९ लाख ६७ हजार ५ सय ७९ थियो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय रुपन्देहीले दिएको तथ्याङ्कले रुपन्देहीमा सडक डिभिजन कार्यालय मात्र होइन, रुपन्देही जिल्लामा शहरी विकास तथा भवन विभाग डिभिजन कार्यालयले ४० करोड ७ लाख ६४ हजार ८० रुपैयाँ, लुम्बिनी परिक्रमा बर्दघाट पालडाँडा त्रिवेणी सडक योजनाले २५ करोड ९९ लाख ३ सय २९ रुपैयाँ, व्यापारिक मार्ग विस्तार आयोजना (बेलहिया–बुटवल सडक) ले २४ करोड ६८ लाख ७९ हजार ६ सय ५२ रुपैयाँ, पश्चिमाचंल सिँचाई विकास डिभिजन नम्बर ६ ले १२ करोड ९१ लाख ६३ हजार ७ सय ५९ रुपैयाँ र खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले १० करोड ७१ लाख १३ हजार ४ सय ५५ रुपैँया पँुजिगत खर्च असारमै गरेका छन् ।

प्रकाशित समय ०८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु