गृहपृष्ठ अशोक लेल्यान्डको फ्रि चेकअप क्याम्प अफर
अशोक लेल्यान्डको फ्रि चेकअप क्याम्प अफर
नेपालका लागि अशोक लेल्यान्ड गाडीका आधिकारिक बिक्रेता आर्इएमई मोटर्सले मेगा मन्सुन फ्री चेकअप क्याम्प अफ सुरू गरेको छ । चेकअप क्याम्प अफर अशोक लेल्यान्डका १३ आउटलेट्समा लागू हुनेछ ।
नयाँ योजनाअन्तर्गत ग्राहकलाई फ्री चेकअप क्याम्प सेवा प्रदान गर्नुका साथै स्पेयर पार्टसमा ५ प्रतिशत, ल्युबमा १० प्रतिशत तथा लेबर शुल्क र च्यासिस ग्रिजिङमा ३० प्रतिशत छुट उपलब्ध गराउने कम्पनीले जनाएको छ । फ्री चेकअप क्याम्पमा ग्राहकले आकर्षक उपहार प्राप्त गर्नुका साथै सुरक्षित ड्राइभिङसम्बन्धी जानकारी पनि लिन सक्ने कम्पनीले जनाएको छ । यी अफरमा निःशुल्क वासिङ, ४५ चेक प्वाइन्ट्स तथा बम्परदेखि बम्पर चेकअपसहितका अन्य फाइदा हुनेछन् ।
साउन २ गतेदेखि ११ गतेसम्म लागू हुने नयाँ अफर अशोक लेल्यान्डका बस, ट्रक, ट्रिप्पर र साना कमर्सियल भेइकलका कुनै पनि मोडलका गाडीमा उपलब्ध हुनेछ ।
आईएमई मोटर्सले यो योजनामार्फत पनि ग्राहकलाई विभिन्न सुविधा प्रदान गर्ने लक्ष्य लिएको छ । आइएमई मोटर्सका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनीले देशभरका १३ वटा आउटलेटमार्फत ग्राहकलार्इ सेवा प्रदान गरिरहेको जानकारी दिए । ती आउटलेटले ग्राहकलार्इ आवश्यक सेवा र पर्याप्त मात्रामा स्पेयर पार्टस सप्लाइ गरिरहेको उनले बताए ।
प्रकाशित समय ०८:२९ बजे

















