गृहपृष्ठ काठमाडाैंमा भएकाे झडपकाे विराेध गर्दै धनुषामा प्रदर्शन

काठमाडाैंमा भएकाे झडपकाे विराेध गर्दै धनुषामा प्रदर्शन

dhanusha-newskarobar तरूण दल धनुषाले अाइतबार जनकपुरमा गरेकाे प्रदर्शन

 

शनिबार काठमाडौंमा प्रदर्शनका क्रममा प्रहरीले दमन गरेको भन्दै आइतबार जनकपुरमा प्रदर्शन भएको छ । तरुण दल धनुषाले काठमाडौंमा भएको ‘प्रहरी दमन’का विरुद्ध धनुषामा प्रदर्शन गरेको हो ।

शनिबार अनसनरत डा. गोविन्द केसीको समर्थनमा तरुण दलले गरेको प्रदर्शन नियन्त्रणमा लिन काठमाडौंमा प्रहरीले हस्तक्षेप गरेको थियो । साे क्रममा प्रहरीले लाठीचार्ज तथा अश्रु ग्याँस प्रहार गरेकाे थियाे । शनिबार काठमाडाैंमा भएकाे साेही झडपकाे विराेधामा तरूणा दल धनुषाले प्रदर्शन गरेकाे हाे ।

dhanusha2-newskarobar
तरूण दलले जनकपुरमा अाइतबार गरेकाे प्रदर्शन

 

प्रदर्शनकारीहरुले आइतबार जिल्ला प्रशासन कार्यालय धनुषा घेराउ गरेका छन् । तरुण दल धनुषाका कार्यवाहक अध्यक्ष कपिलेश्वर महतोको नेतृत्वमा युवाहरुको एक टोलीले जिल्ला प्रशासन कार्यालयमा नारावाजी गर्दै घेराउ गरेका हुन् ।

प्रहरी दमन बन्द गरसहितका नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेका तरुण दलका कार्यकर्ताहरुलाई प्रहरीले कार्यालय भित्र जान नदिई अगाडीको गेटमै रोकेका थिए । युवाहरुले जबरजस्ती कार्यालय भित्र छिर्न खोज्दा दुई तर्फि तनाव भएपनि एक घण्टा नारावाजी गरेर उनीहरु फर्किएका थिए ।

तस्बिर : दिपेन्द्रप्रसाद सिंह/न्युज काराेबार

प्रकाशित समय १६:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु