गृहपृष्ठ प्राइम बैंकका कर्मचारी र सेवाग्राहीलाई मेडिसिटी अस्पतालमा विशेष छुट

प्राइम बैंकका कर्मचारी र सेवाग्राहीलाई मेडिसिटी अस्पतालमा विशेष छुट

mediciti-primebank-newskarobar

प्राइम बैंकका बैंकका कर्मचारी र सेवाग्राहीले ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा विशेष छुट पाउने भएका छन् । भैंसेपाटीमा सोमबार गरिएको सोसम्बन्धी सम्झौतामा अस्पतालका महाप्रबन्धक विजय रिमाल र प्राइम बैंकका नायब महाप्रबन्धक भाइराजा तुलाधरले हस्ताक्षर गरेका छन् ।

मेडिसिटी अस्पतालले नेपालीलाई उपचारका लागि विदेश जानु नपर्ने भावनालाई अभियानको रुपमा अगाडि बढाएको जनाएको छ । नेपालको स्वास्थ्य क्षेत्रको सम्पूर्ण विकासका लागि आर्थिक, सामाजिकलगायतका संस्थासँग आफूहरुले सहकार्य गर्दै जाने योजना बनाएको महाप्रबन्धक रिमालले बताए । प्राइम बैंकका नायब महाप्रबन्धक तुलाधरले अत्याधुनिक प्रविधि तथा उपकरणसहितका अस्पतालसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।

प्रकाशित समय १६:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु