गृहपृष्ठ प्रधानन्याधीशमा अस्वीकृत जोशीले थप ६ दिन बिदा लिए
प्रधानन्याधीशमा अस्वीकृत जोशीले थप ६ दिन बिदा लिए
सर्वोच्च फर्किने नफर्किने अन्योलमा
संसदीय सुनुवाई समितिबाट प्रधानन्यायधीशमा अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले थप बिदा लिएका छन् । १५ दिन बिदा लिएका जोशीले थप ६ दिन बिदा लिएका हुन् । यसअघि उनले गत साउन २० गतेबाट १५ दिनको बिदा लिएका थिए ।
जोशीको १५ दिनको बिदा आइतबार सकिएको हो । सर्वोच्च फर्किने नफर्किने भन्ने निर्णय उनले लिएका छैनन् । सर्वोच्चको प्रधानन्याधीश रिक्त रहेमा वरिष्ठतमका आधारमा प्रधानन्यायधीश बनाउने प्रचलन छ ।
तर वरिष्ठतम न्यायधीश जोशीको शैक्षिक प्रमाणपत्र र कार्यक्षमतामा प्रश्न उठाउँदै संसदीय सुनुवाई समितिले अस्वीकृत गरेपछि जोशी अन्योललमा परेका छन् । उनले आफूमाथी अन्याय भएको भन्दै छानबिनको हुनुपर्ने बताउदै आएका छन्् । जोशी बिदामा बसेपछि ओमप्रकाश मिश्रले कामु प्रधानन्यायाधीशको हैसियतमा सर्वोच्चको काम कारबाही गर्दै आएका छन् ।
न्यायपरिषदले मिश्रलाई नै प्रधानन्याधीशका लागि सिफरिस गर्ने तयारी गरेको छ । तर प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विदेश गएकाले परिषदको बैठक बस्न सकेको छैन । जसका कारण सर्वोच्च अदालत लामो समयदेखि नेतृत्व विहिन छ ।
प्रकाशित समय ११:५७ बजे
















