गृहपृष्ठ सेयर बजार बढ्यो
सेयर बजार बढ्यो
सेयर बजार परिसूचक (नेप्से) साताको अन्तिम दिन बिहीबार बढेको छ । होटल बाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ९.३९ अंकले बढेर ११८१.६९ अंकमा पुगेको हो ।
बिहीबार बैंक, विकास बैंक, जलविद्युत, वित्त, लघुवित्त, लाइफ इन्स्योरेन्स, ननलाइफ इन्स्योरेन्सलगायतका समूह बढेका छन् । १७६ कम्पनीको सेयर कारोबार भएको बजारमा २१ करोड ४७ लाख ७८ हजार रुपैयाँ बजारको ७ लाख ६ हजार २११ कित्ता सेयर किनबेच भयो ।
बढेको बजारमा नेडेप लघुवित्त, स्वदेशी लघुवित्त, पूर्णिमा विकास बैंक, आरम्भ माइक्रोफाइनान्स लगायत कम्पनीका लगानीकर्ताले कमाए भने सप्तकोशी विकास बैंक, छ्याङ्दी हाइड्रोपावर, भार्गव विकास बैंकलगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
प्रकाशित समय १७:१२ बजे

















