गृहपृष्ठ निर्मला हत्या प्रकरण : अब उच्च स्तरीय छानविन
निर्मला हत्या प्रकरण : अब उच्च स्तरीय छानविन
उच्चस्तरीय छानविन टोलीले १३ वर्षीया बालिका निर्मला हत्या प्रकरणमा अनुसन्धान थालेको छ । भीमदत्त २ उल्टाखामकी पन्त गत साउन ११ गते मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या गरिएको थियो । उक्त घटनाका दोषी भनेर प्रहरीले दिलीपसिंह विष्टलाई सार्वजनिक गरे पनि त्यसमा असन्तुष्टि जनाउँदै स्थानीयले आन्दोलन चर्काएका थिए । त्यसपछि सरकारले गृहमन्त्रालयका सह–सचिव हरि अधिकारीको संयोजकत्वमा उच्च स्तरीय छानविन समिति गठन गरेको थियो । उक्त समितिले शुक्रबारबाट अनुसन्धान थालेको हो ।
समितिले घटना स्थल वरिपरि सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला अाएलगत्तै उच्च स्तरीय छानबिन समितिले सम्बद्ध निकाय, क्षेत्रमा पुगेर घटनाको अनुसन्धान गरिरहेको छ । घटना स्थल, निर्मला पन्त, बम घरपरिवार, प्रहरीलगायत सम्बन्धित क्षेत्रमा खटिएर काम गरिरहेको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए ।
प्रकाशित समय ०८:४६ बजे
















