गृहपृष्ठ नाडा अटो सो आइतबार अन्तिम दिन, गाडी खरिदमा विषेश अफर

नाडा अटो सो आइतबार अन्तिम दिन, गाडी खरिदमा विषेश अफर

Nada Auto SHow 2018 फाइल तस्बिर

मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो सो आइतबार सकिँदैछ ।उपभोक्तालाई आफूलाई मन परेको गाडी बुकिङ गर्न र नेपालमा भएको अटोको बारेमा जानकारी दिन आयोजना गरिएको नाडा अटो सो आइतबार साँझ ५ बजे समापन गरिने नाडाको सचिव अनुपकुमार बरालले न्युजकारोबारलाई जानकारी दिए । ६० हजारभन्दा धेरैलेसोको अवलोकन गर्ने र ५ अर्ब बढीको कारोबार हुने अनुमान छ ।

कुन गाडी कतिमा किन्न पाइन्छ ?

सुजुकी कम्पनीको ओम्नी कार्गो गाडी १० लाख ७९ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ । सुजुकीको सो मोडलमा कम्पनीले ४० हजार छुट दिने बताएको छ । त्यस्तै, हुन्डाई कम्पनीको इओन गाडी १८ लाख ९६ हजार, ड्याट्सन कम्पनीको रेडी गो गाडी १८ लाख ५९ हजार, किया कम्पनीको पिकान्टो एक्स गाडी २४ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ ।

त्यस्तै, प्यूगोट कम्पनीको प्यूगोट २ हजार ८ मोडलको गाडी ८२ लाख रुपैयाँमा खरिद गर्न सकिन्छ । होण्डा कम्पनीको ब्रियो एस एम टी २९ लाख २५ हजार, भल्गस वागेन कम्पनीको पोलो ट्रेन्ड लाईन मोडलको गाडी २६ लाख ९५ हजार, महेन्द्र कम्पनीको महेन्द्र स्कर्पियो पिकअप गाडीको मूल्य ३७ लाख ९५ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ ।

त्यस्तै, एमजी प्यासन कम्पनीको एमजि थ्री वान डट फाएभ एल कम्पनीको गाडी ३९ लाख, टोयोटा कम्पनीको इटीआई ओएस लिभा जि मोडलको गाडी ३२ लाख, स्पोर्ट एमडलएमआईआर कम्पनीको गाडी ६८ लाख ५० हजार, निशान कम्पनीको मिक्रा एक्टिभ एक्सएल मोडलको गाडी २६ लाख १० हजार, फोर्ड कम्पनीको एस्पायर्ड मोडलको एम्बीयन्ट गाडी २६ लाख ९० हजार र स्कोडु मोडलको एक्टीभ गाडी ३८ लाख ४५ हजारमा खरिद गर्न सकिन्छ ।

अटो सो मा गाडी खरिदको विषेश अफर

विभिन्न कम्पनीका ३५ प्रतिशत डाउन पेमेन्ट गरी खरिद गर्न सक्ने सुविधा रहेको छ । प्राय ः कम्पनीले ग्राहक वर्गमा एक वर्षको लागि कर तिर्न नपर्ने सुविधा दिने छन् । एक बर्षको अवधीमा ग्राहकले बीमाको सुविधा पाउने व्यवस्था छ । बीमा सन्दर्भमा भने कम्पनीले ग्राहकको चाहना अनुसार गरिने भएकाले यो ग्राहकको छनोटमा पर्ने छ ।

यो सुविधा हुन्डाई, सुजुकी, प्यूगोट, होण्डा, भल्गस वागेन, महेन्द्र, एमजी प्यासन, डेटसन, जिप, स्कोडा, रिनाउल्ट, निशान र टाटा लगायतका कम्पनीमा रहेको छ ।तर, टोयोटा र सुभारु कम्पनीले भने यस्तो सुविधा राखेका छैनन् । टोयोटा कम्पनीले भने १० भाग्यशाली ग्राहकका जोडीलाई नै इण्डोनेसियाको बाली घुम्न लग्ने अफर दिएको छ । साथै, ३ जना विजेता जोडीलाई पोखरा घुम्ने व्यवस्था रहेको छ ।सुभारु कम्पनीलेपनि सबैभन्दा पहिले बुक गर्ने एक जना भाग्यशाली ग्राहलाई केही उपहार दिने भएको छ ।

सवारीका मूल्यमा पाइने छुट

किया कम्पनीले रकममा नै छुट दिने जनाएको छ । हुन्डाईले १ लाख २० हजार रुपैयाँ, प्यूगोट कम्पनीले ५ लाख, होण्डाले २ लाख, भल्गस वागेनले २५ लाख ५० हजार र एमजी प्यासनले २ लाख २५ हजार छुट दिने जनाएको छ ।स्कोडाको गाडीमा ४ देखी ६ लाख छुट रहेको छ । टाटा कम्पनीले पनि ३ लाख ५० हजार छुट दिने जनाएको छ । सुजुकी कम्पनीका गाडी खरिद गर्दा पनि मूल्यमा छुट दिने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १२:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु