गृहपृष्ठ छानबिन गर्न डीआइजी धिरु बस्नेतको संयोजकत्वमा नयाँ समिति
छानबिन गर्न डीआइजी धिरु बस्नेतको संयोजकत्वमा नयाँ समिति
दोषीलाई कारबाहीको लागि सिफारिस गर्ने अधिकार
निर्मला हत्या प्रकरण छानबिन गर्न प्र्रहरीले नयाँ समिति बनाएको छ । डीआइजी धिरु बस्नेतको संयोजकत्वमा निर्मलाको बलात्कारपछि हत्याको छानबिन नयाँ समिति बनाएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिए ।
कञ्ञनपुरर प्रहरीले वास्तविक हत्यारालाई जोगाएर निर्दोषलाई पक्राउ गरेपछि प्रहरीले नयाँ समिति बनाएकाो हो । यसअघि एसएसपी उत्तम सुवेदीको संयोजकत्वमा पाँच सदस्यीय समिति बनाएको थियो ।
गृहमन्त्रालयले दुई डिएसपीसहित पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेपछि प्रहरीले छानबिनका लागि नयाँ समिति बनाएको हो । समितिले निलम्बनमा परेका प्रहरी अधिकारीसँग पनि बयान लिने छ ।
सरकारले शनिबार राति प्रहरी नायब उपरीक्षकहरू ज्ञानबहादुर सेटी र अंगुर जिसी, प्रहरी निरीक्षकहरू जगदीश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरेको थियो ।
यसअघि, सरकारले छानबिनमा लापर्बाही गरेको आवाज उठेपछि कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई निलम्बन गरेको थियो । नयाँ समितिले हत्याको छानबिन गरी दोषीलाई कारबाहीको लागि सिफारिस गर्ने छ ।
प्रकाशित समय १५:२८ बजे

















