गृहपृष्ठ विराटनगरमा ‘प्रादेशिक पूँजी बजार प्रदर्शनी २०७५’
विराटनगरमा ‘प्रादेशिक पूँजी बजार प्रदर्शनी २०७५’
सेयर बजार सम्बन्धी जानकारी दिन पहिलो पटक विराटनगरमा प्रादेशिक पूँजी बजार प्रदर्शनी २०७५ शुरु भएको छ । नेपाल धितोपत्र बोर्डद्वारा आयोजित दुई दिने प्रर्दशनीमा धितोपत्र सम्बन्धी ज्ञान र आवश्यक सेवा एकै स्थानबाट उपलब्ध गराउने उद्देश्यका साथ काठमाडौं बाहिर पहिलो पटक ‘प्रादेशिक पूँजी बजार प्रदर्शनी आयोजना गरिएको हो ।
प्रदर्शनीमा लगानीकर्तासहित लगानकर्ताका लागि जानकारी दिने, धितोपत्र बजार नियमन निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सिडिएससी, क्रेडिट रेटिङ संस्था, सामूहिक लगानी कोष, मर्चेन्ट बैंक, धितोपत्र दलाल व्यवसायी, डिम्याट खाता खोल्ने निक्षेप सदस्यसम्बन्धी सेवा प्रदान गरिनेछ ।
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधान राईले प्रदर्शनीको उद्घाटन गर्दै पूँजीको विकासबिना अर्थतन्त्रको विकास असम्भव रहेको बताए । मुख्यमन्त्री राईले पूँजी बजारलाई विकास गर्न संघीय, प्रादेशिक र स्थानीय गरी तीनवटै सरकार मिलेर अघि बढ्नुपर्नेमा जोड दिए ।
बोर्डका अनुसार प्रदशर्नीमा सहभागीहरुले निःशुल्क डिम्याट खाता खोल्ने सुविधा पाउने र एक नेपाली एक डिम्याट खाता अभियानको सुरुवात समेत गरिने छ । प्रदर्शनीमा करिब १२० स्टलहरु रहेका छन् ।
प्रकाशित समय १९:२५ बजे

















