गृहपृष्ठ अस्ट्रेलियन डलर चाहिए एनआईसी एसिया बैंक जानुस्

अस्ट्रेलियन डलर चाहिए एनआईसी एसिया बैंक जानुस्

nic-asia-bank-newskarobar

एनआईसी एसिया बैंकले अस्ट्रेलियन डलर आयात गरी बिक्री सुरु गरेको छ । बैंकले आफ्नो सेवा विस्तारका क्रममा अस्ट्रेलियन डलरको बिक्री सुरू गरेको हो ।

ग्राहकहरूको चाहनाअनुरूप आफ्ना सेवालाई परिस्कृत गर्दै आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अस्ट्रेलियन डलर नगद आयात गरी बिक्री सुरु गरेको बैंकले जनाएको छ । अमेरिकी डलर, अस्ट्रेलियन डलरलगायत विदेशी मुद्राको नगद सञ्चित यथेष्ठ रहेको पनि बैंकले जनाएको छ ।

प्रचलित विनिमय दरबमोजिम ग्राहकको आवश्यकताअनुसार निर्वाध सटही सुविधा प्रदान गरिरहेको पनि बैंकको दाबी छ । प्रक्रिया पुर्याएर आउने ग्राहकले भिसा यूएसडी प्रिपेड कार्डसमेत ढुक्कसँग खरिद गर्न सक्ने बैंकले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

बैंकले काठमाडौं उपत्यकाका सबै शाखामा प्रशस्त अस्ट्रेलियन मुद्रालगायत अन्य विदेशी मुद्रा उपलब्ध भएकाले ग्राहक रित्तो हात फर्कनुपर्ने जनाएको छ ।

प्रकाशित समय ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु