गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १२)
लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग १२)
क्रिकेटका लागि चर्चित टिम वेस्ट इन्डिजमा कति राष्ट्र सम्मिलित छन् ?
१. नेपालको प्रामाणिक समय कुन हिमाललाई आधार मानेर निर्धारण गरिएको छ ?
– गौरीशंकर
२. केराला नाका कुन जिल्लाको सिमानामा पर्छ ?
– हुम्ला
३. विश्वको सबैभन्दा ठूलो पुस्तकालय कुन देशमा छ ?
– अमेरिका, लाइब्रेरी अफ कंग्रेस
४. नेपालको इतिहासमा एक्लो बृहस्पति भनेर कसलाई चिनिन्छ ?
– नरायण पन्त
५. सिंहदरबारका डिजाइनर को हुन् ?
– विलियम डि. वेल
६. सिडिएमएको पूरा रुप के हो ?
– कोड डिभिजन मल्टिपल एक्सेस
७. सबैभन्दा बढी अक्सिजन उत्पादन गर्ने रुख पीपल हो भने दिनरात अक्सिजन उत्पादन गर्ने बिरुवा कुन हो ?
– तुलसी
८. काँक्रेविहार कुन जिल्लामा पर्छ ?
सुर्खेत
९. एसएआईसीको पूरा रुप के हो ?
– सार्क एग्रिकल्चर इन्फर्मेसन सेन्टर
१०. काठमाडौंबाट भुटानको थिम्पुसम्मको दूरी कति छ ?
– ४०० किमी
११. विश्वकै पहिलो टेस्टट्युब बेबी लुइस ब्राउन हुन् भने नेपालका प्रथम टेस्टट्युब बेबी को हुन् ?
– ओममणि तामाङ
१२. भीमसेन थापाले बनाएको धरहरा सर्वसाधारणका लागि कहिलेदेखि खुला गरिएको थियो ?
– २०६१ माघ १
१३. भानुभक्तलाई आदिकवि भनेर चिनिन्छ भने युवा कवि भनेर कसलाई चिनिन्छ ?
– मोतीराम भट्ट
१४. सुकारातका शिष्य को थिए ?
– प्लेटो
१५. यशुलाई विश्वका तारा र गौतम बुद्धलाई एसियाको तारा भनेर चिनिन्छ भने नेपालको तारा भनेर कसलाई चिनिन्छ ?
– पासाङ ल्हामु सेर्पा
१६. युक्रेनको राजधानी कहाँ पर्छ ?
– साओ पाओलो
१७. नेपालले पछिल्लोपटक चीनको कुन सहरमा महावाणिज्य दूतावास स्थापना गरेको छ ?
– ग्वान्जाओ
१८. हाल नेपालसहित विश्वका कति देशमा संघीय शासन व्यवस्था छ ?
– २७
१९. प्रसिद्ध पर्यटकीय स्थल रामारोशन कहाँ पर्छ ?
– अछाम
२०. क्रिकेटका लागि चर्चित टिम वेस्ट इन्डिज दक्षिण अमेरिकाको क्यारेबियन सागर क्षेत्रका साना–साना टापु देशहरू सम्मिलित क्रिकेट टिम हो भने यो टिममा कति राष्ट्र आबद्ध छन् ?
– आठ राष्ट्र
प्रकाशित समय १५:३० बजे















