गृहपृष्ठ एसियाली सेयर बजारमा भारी गिरावट

एसियाली सेयर बजारमा भारी गिरावट

Share-Down-2_sivwATkY4K

अमेरिकी सेयर बजार वाल स्ट्रिटमा बुधबार आएको मन्दीसँगै त्यसको असर एसियाली शेयर बजारमा बिहीबार देखिएको छ । चीनको सेयर बजार चार वर्षयताकै सबैभन्दा न्यून बिन्दुमा पुगेको छ भने जापान, कोरिया र अस्ट्रेलियाको सेयर बजारमा पनि कमी आएको छ ।

चीनको सांघाई परिसूचक ५.२ प्रतिशत विन्दुले घटेको छ, र यो नोभेम्बर २०१४ यताकै सबैभन्दा न्यून विन्दुमा पुगेको छ । जापानको निक्की २२५ अंकले घटेको छ । दक्षिण पूर्वी एसियाका अरु बजारमा पनि यस्तै असर देखिएको छ ।

लगानीकर्ताहरु अमेरिकी ब्याजदरमा अरु वृद्धि हुने चिन्तामा डुबेका छन् । यसले कर्पोरेट ऋणको माग बढ्ने तथा आर्थिक वृद्धिमा प्रभाव ल्याउने विश्लेषकहरुको भनाइ छ ।

बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकले ब्याजदर बढाएर गल्ती गरिरहेको आरोप लगाएका थियो ।

जेपी मोर्गनमा कार्यरत विश्व बजार रणनीतिकार मार्सेला चाउले नियमित ब्याजदर वृद्धिले लगानीकर्तालाई आश्चर्यचकित बनाइरहेको बताए ।

अमेरिकी–चिनीया करवृद्धिको लडाइँले पनि विश्व व्यापार प्रणालीमा असर पारेको छ ।

टोकियोको निक्की बिहीबार ३.९ प्रतिशतले घट्दै २२,५९०.८६ पुगेको छ भने सांघाई इन्डेक्स २,५८३ मा बन्द भएको छ । हङकङको हाङसेङ २५,२२०.६७, दक्षिण कोरियाको कोस्पी २,१२९.६७ तथा अस्ट्रेलियाको एसएन्डपी ५,८८३.८० मा बन्द भएको छ । ताइवान समेतका अन्य मुलुकको सेयर बजारमा पनि मन्दी आएको छ ।

प्रकाशित समय १८:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु