गृहपृष्ठ होटल व्यसायी धनुषाको अध्यक्षकै भान्सा घरमा सिलबन्दी
होटल व्यसायी धनुषाको अध्यक्षकै भान्सा घरमा सिलबन्दी
जनकपुरस्थित रघुपती मिष्ठान भण्डारको भान्सा घर शिलबन्दी गरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वाडा नम्बर १० स्थित अनाधिकृत रुपमा संचालन हुँदै आएको भान्सा घरमा जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सिलबन्दी गरिएको हो ।
होटल व्यवसायी धनुषाका अध्यक्षसमेत रहेका रघुपती मिष्ठान भण्डारका सञ्चालक दशरथ साहले गैरकानुनी तरिकाले बस्तिमा असर पुग्ने गरी भान्सा घर सञ्चालन गर्दै आएकोले स्थानीयबासिन्दाहरुले उच्च अदालत जनकपुरमा मुद्दा दायर गरेका थिए । स्थानीय तथा घरेलु तथा साना उधोग जनकपुरले गरेको अनुगमनको क्रममा निकै फोहोर र कुहेको खाद्य पदार्थ प्रयोग गरेकाले बन्द गर्न पत्राचार गरिएको थियो ।
तर अटेर गर्दै आएका रघुपतिको भान्सा घरमा उच्च अदालतले असोज १ गते गरेको निर्णय र जिल्ला प्रशासन कार्यालय धनुषाले घरेलु तथा साना उद्योग कार्यालयलाई असोज २२ गते स्थानीको स्वास्थ्यमा असर गर्ने गरि सञ्चालन गरेको भान्सा घर बन्द गराउन दिएको निर्देशनअनुसार शुक्रबार सीलबन्दी गरिएको हो ।
सिलबन्दी गराउन जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत दिनेश साह, गुणस्तर तथा नापतौल कार्यालयका सहायक निरीक्षक बिरेन्द्र उपाध्याय, घरेलु तथा साना उधोग कार्यालयका प्रमुख सजिप दुब्बे ,जनकपुर उधोग वाणिज्य संघका अध्यक्ष ललित साह, नेपाल उपभोता सरक्षण समुहका अध्यक्ष रामनरेश तिवारीलगायत सुरक्षाकर्मी, पत्रकारहरुको रहोवरमा शिलबन्दी गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालयमा रघुपति मिष्ठान भण्डार दर्ता नगरी ओम बेकरी एण्ड स्विट्सको नामले दर्ता गराएको भए पनि जानकी चौकस्थित दुबै होटल सञ्चालनमा छन् ।
प्रकाशित समय १७:१४ बजे


















