गृहपृष्ठ नेकपाको चियापान : प्रचण्ड गए, ओली गएनन्

नेकपाको चियापान : प्रचण्ड गए, ओली गएनन्

nekapa-chiyapan-newskarobar

दसैं तिहार र छठलाई लक्षित गरी सत्तरूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले आयोजना गरेको चियापानको निम्तोको पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले ट्विटरबाट तीखो प्रतिक्रिया दिए । उनले ५० हजारलाई भोज खुवाउन पुग्ने पैसा उत्पादनमूलक क्षेत्रमा लगानी गरेको भए राम्रो हुने टिप्पणी गरे । उनले लेखेका छन्- ‘त्यसैले म आउन सकिनँ ! जय होस् !’

nekapa-chiyapan-newskarobar1

तर, सामाजिक सञ्जालमा भट्टराईको चर्को आलोचना भयो । सामाजिक सञ्जाल प्रयोगकर्ताले नयाँ शक्ति नेपाल घोषणाको पूर्वसन्ध्यामा पत्रिकामा छपाएको ज्याकेट विज्ञापनको फोटोसहित नयाँ शक्तिले गरेको खर्च देखाइदिए । कतिले त नयाँ शक्तिको विरयानीको प्रसँग उठाए ।

यी घटनाक्रम भइरहँदा नेकपाको चियापान सुरू भएको थिएन । चियापान दिउँसो १ बजेपछि सुरू भयो, यो त्यसअघिको घटनाक्रम हो ।

nekapa-chiyapan-newskarobar

राष्ट्रिय सभागृहको अगाडिपट्टि भृकुटीमण्डपमा नेकपाले चियापान आयोजना गरेको थियो । चियापान भएको मूल थलोमा पुग्न भने भृकुटीमण्डपको प्रदर्शनीस्थलबाट पूर्वपट्टिको ढोकाबाट भित्र प्रवेश गर्नुपर्थ्यो । भृकुटीमण्डपको बगैंचामा चियापान कार्यक्रम आयोजना थियो ।

प्रदर्शनी मार्गमा व्यापक भीड थियो । नेकपाका नेता–कार्यकर्ता शुभेच्छुक तथा शुभचिन्तक बाहिरैदेखि लामबद्ध थिए । बाटोका दुबैतर्फ खचाखच बाइक पार्किङ गरिएको थियो । आगन्तुक ‘हाइ प्रोफाइल भीआइपी’लाई प्रवेश गराउन र यातायात सहज बनाउन ट्राफिक प्रहरीलाई हम्मे–हम्मे परिरहेको थियो ।

०००

कार्यक्रममा नेकपाका दुई अध्यक्षमध्ये पुष्पकमल दाहाल प्रचण्ड उपस्थित थिए । प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओली भने अस्वस्थताका कारण कार्यक्रममा गएनन् ।

दुई तिहाई बहुमत प्रप्त सरकारले सोचेअनुरूप काम गर्न नसकेको गुनासो कार्यकर्ताको हाउभाउमा प्रस्टै देखिन्थ्यो । तर, शुभकामना आदानप्रदानमा उनीहरूले त्यसलाई प्रकट गरेनन् ।

आयोजनास्थलमा एकातर्फ कलाकारहरू उत्साही हुँदै प्रगतिशील गीत र नृत्य प्रस्तुत गरिएका थिए । सँगै उनीहरूले पार्टी नेतृत्वलाई सचेत पनि गराउँदै थिए । अर्कापट्टि चिया र खाजाको व्यवस्था थियो । तेस्रो ठाउँमा भने नेताहरूको जमघट देखिन्थ्यो ।

पार्टीको तल्ला कमिटीको एकतालाई लिएर नेकपा खासगरी पूर्व एमालेमा तीव्र मतभेद रहेको समाचार आईरहेका छन् । पार्टीभित्रको यो असन्तुष्टिलाई समाधान गरी सरकारले अपेक्षित गति लिनुपर्ने सहभागीको आसय देखिन्थ्यो ।

तर, पार्टीबाहिरका सबै पक्षसँग सहकार्य र हार्दिकता विकास गर्न सहयोगी हुने ठानिएको चियापानपश्चात नेकपाकै आन्तरिक एकता मजबुत हुनसके पनि यसको महत्व अझ बढ्थ्यो ।

प्रकाशित समय १७:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु