गृहपृष्ठ यो सप्रेका मात्र होइन बिग्रेकाहरुको पनि पार्टी एकता हो : प्रचण्ड

यो सप्रेका मात्र होइन बिग्रेकाहरुको पनि पार्टी एकता हो : प्रचण्ड

दुई तिहाईको सरकार असफल भए देश नै असफल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई तिहाई बहुमत प्राप्त अहिलेको सरकार असफल भए देश असफल हुने बताएका छन् । उनले देश असफल हुनबाट बचाउन अहिलेको सरकार साना तिना भन्दा पनि ऐतिहासिक जिम्मेवारीमा सरकार लागेको बताए ।

नेकपा मोरङले सोमबार विराटनगरमा तिहारको अबसरमा आयोजना गरेको चियापान कार्यक्रमलाई सम्बोधन गदै उनले सरकारलाई जनताको आत्मासम्मान हुने गरी काम गर्ने अबसर युगले दिएको बताए ।

उनले भने ‘युगले अहिलेको सरकारलाई ऐतिहासिक जिम्मेवारी पूरा गर्ने अवसर दिएको छ, त्यो अबसर पूरा गर्न सरकार सक्षम छ,’ चियापान समारोहमा प्रचण्डले भने, ‘हामी त्यो अभिभारा पूरा गर्न सक्छौ, दुनियाँलाई सुन्दर, सभ्य र समृद्ध नेपाल बनाएर नयाँ सन्देश यो सरकारले दिनेछ ।’

उनले संघीय लोकतन्त्र गणतन्त्र अनुकुलका कानुनहरु आवश्यक रहेको बताए । पूरानो ब्यवस्था परिवर्तनका लागि कर्मचारीहरु बाधक बनेको आरोप लगाएका प्रचण्डले राजनीतिक नेतृत्वले अहिलेको व्यवस्थाले जनताको हित गर्छ भनेर कर्मचारीहरुलाई बुझाउन र सिकाउन आवश्य रहेको बताए ।

उनले नेकपाको पार्टी एकता सप्रेकाहरुको मात्र नभएर बिग्रेकाहरुको एकता पनि भएको बताए । उनले सरकारले दीर्घकालीन योजना बनाएर काम गरिरहेको दावी गरे । सडकको खाल्डा खुल्डी नपुरेको भन्दै गुनासो सम्बोधन गर्न पनि सरकार लागि परेको बताए ।

नेकपाका महासचिव विष्णु पौडेलले नेकपाको नेतृत्वमा मात्र अहिलेको राजनीतिक परिर्वतन सम्भव भएको दावी गरे । उनले यति ठूलो व्यवस्था परिवर्तनको नेतृत्व गरेको नेकपाको सरकारले राजनीतिक पपिरर्वतनको माध्यमबाट समाजले गरेको अपेक्षा पूरा गर्नेमा शंका नगर्न आग्रह गरे ।

प्रकाशित समय १७:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु