गृहपृष्ठ मेगा बैंकको खुद नाफामा ४०० प्रतिशत वृद्धि
मेगा बैंकको खुद नाफामा ४०० प्रतिशत वृद्धि
मेगा बैंक नेपालले खुद नाफामा ४०० प्रतिशत वृद्धि गरेको छ । गत आर्थिक वर्षको साउनदेखि भदौसम्मको तीन महिनामा ८ करोड १८ लाख नाफा गरेको बैंकले यो वर्षको पहिलो त्रैमासमा ३९४ प्रतिशतले बढाएर ४० करोड ४५ लाख नाफा गरेको हो ।
बैंकको कुल निक्षेप पनि गत वर्षको तुलनामा २६ अर्ब २७ करोडले बढेर २०७५ असोज मसान्तमा ६६ अर्ब ११ करोड पुगेको छ । त्यसैगरी, कर्जा तथा सापटीमा २६ अर्ब ५४ करोडले वृद्धि भई ६२ अर्ब २५ करोड कायम भएको छ । यो वृद्धिदर ७४ प्रतिशत हो ।
मेगा बैंक र साविक टुरिजम डेभलपमेन्ट बैंक २०७५ वैशाख ३० गते एक भई संयुक्त कारोबार सुरू गरेका थिए । यी दुबै बैंक एक भएपछि निक्षेप १२ अर्ब ७३ करोड र कर्जा प्रवाह १२ अर्ब ७५ करोड भएको बैंकद्वारी जारी विज्ञप्तिमा उल्लेख छ ।
मेगा बैंकका १०२ वटा शाखा, १८ वटा एक्सटेनसन काउन्टर, १११ वटा शाखारहित बैंकिङ, दुई हजार ३ सयभन्दा बढी मेगा रेमिट र ७९ वटा एटीएम सञ्चालनमा छन् ।
प्रकाशित समय ०६:५३ बजे

















