गृहपृष्ठ पदयात्रामा ज्यान गुमाएकालाई टानको सहयोग

पदयात्रामा ज्यान गुमाएकालाई टानको सहयोग

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले पदयात्राका क्रममा ज्यान गुमाएका मजदुरका आश्रित परिवारलाई ६० लाख राहत उपलब्ध गराएको छ ।

टानले अन्नपूर्ण, माथिल्लो डोल्पा, सगरमाथा, मनास्लुलगायत क्षेत्रको पदयात्राका क्रममा मृत्यु भएका १२ जनाको परिवारलाई ५ लाखका दरले रु ६० लाख राहत वितरण गरेको हो ।
पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स)को कोषबाट उक्त रकम उपलब्ध गराइएको टानका महासचिव आङपेम्बाट शेर्पाले जानकारी दिए ।

विभिन्न पदयात्राका क्रममा ज्यान गुमाएका दाकबहादुर आलेमगर, भीमबहादुर गुरुङ, जीवन लिम्बू, खेमबहादुर श्रेष्ठ, संसार गुरुङ, इन्द्रबहादुर गुरुङ, पेम्बा कुइश्याङ शेर्पा, छिरिङ भोटे, डिना आङजुक भोटे, फुर्वा भोटे, नेत्रबहादुर छन्त्याल र पेमदोर्जे शेर्पाको परिवार राहत रकम वितरण गरिएको हो । यसअघि टिम्सले ३३ जनालाई राहत दिइसकेको छ ।(रासस)

प्रकाशित समय ०७:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु