गृहपृष्ठ पोखरा सडक महोत्सवको तयारी तीव्र

पोखरा सडक महोत्सवको तयारी तीव्र

pokhara-sadak-mahotsab-newskarobar

पोखराको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा आयोजना हुने २०औं संस्करणको पोखरा सडक महोत्सवको तयारी तीव्र पारिएको छ । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा पुस १३ देखि सञ्चालन हुने महोत्सवको तयारी तीव्र पारिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामीण भेगमा उत्पादित घरेलु सामग्रीको संरक्षणका साथै पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल’ बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको रेवान पोखराका अध्यक्ष बुधराज (भिमसेन) भुजेलले जानकारी दिए । पोखरा सडक महोत्सव पोखराको छुट्टै ब्राण्ड बनिसकेकाले महोत्सवका अवसरमा रेष्टुरेण्टको बारसहितको कुर्सी टेबल सडकपेटीसम्म ल्याउने तयारी भएको उनले बताए । उनले भने, ‘पोखरा सडक महोत्सव, सडकमै खाऔं, सडकमै रमाऔं भन्ने हाम्रो नारालाई केही वर्ष विरोध गरेकाले कुर्सी टेबल बाहिर निकाल्न सकेका थिएनौं, यो वर्ष निकाल्नेछौं ।’

प्रकाशित समय १५:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु