गृहपृष्ठ मोरङको मुसहर बस्तीका बासिन्दालाई जनता बैंकको सहयोग
मोरङको मुसहर बस्तीका बासिन्दालाई जनता बैंकको सहयोग
जनता बैंक नेपालको सहयोगमा विराटनगर महानगरपालिका–१९, बैजनाथपुरको मुसहर बस्तीका एक सय ५० परिवारलाई कम्बल र खाद्यपदार्थ वितरण गरिएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विपन्न मुसहर बस्तीमा कम्बल तथा खाद्यान्न वितरण गरेको हो ।
निजामती कर्मचारी श्रीमती संघको सहकार्यमा गरिएको कार्यक्रम बैंकका प्रतिनिधि, निजामती कर्मचारी श्रीमती संघका पदाधिकारी, जिल्ला प्रशासन कार्यालय मोरङका प्रतिनिधि र विराटनगर महानगर–१९ का अध्यक्षको उपस्थिति थियो । मोरङ जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको विवरणअनुसार मुसहर बस्तीमा कम्बल वितरण गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित समय १३:१७ बजे


















