गृहपृष्ठ बुद्धको मावलीबाट सुरू भयो प्रदेश-५ को स्मार्ट कृषि गाउँ

बुद्धको मावलीबाट सुरू भयो प्रदेश-५ को स्मार्ट कृषि गाउँ

smart krishi gaun newskarobar

प्रदेश-५ का ५२ वटा निर्वाचन क्षेत्रमा लागू हुने स्मार्ट कृषि गाउँ रुपन्देहीको देवदहबाट सुरु भएको छ । देवदह गौतम बुद्धको मावली गाउँ हो ।

मंगलबार मुख्यमन्त्री शंकर पोखरेलले विरुवा रोपेर स्मार्ट कृषि गाउँको सुभारम्भ गरे । देवदहमा रहेको प्रदेश सभा सदस्य  डा.कृष्ण न्यौपानेको योजना अनुसार देवदह नगरपालिका-९ घोडाह बुद्ध नगरमा बाट स्मार्ट कृषि गाउँ सुभारम्भ गरिएको हो ।

स्मार्ट कृषि गाउँको शुभारम्भ गर्दै मुख्यमन्त्री शंकर पोखरेललेले माटोले के उत्पादन दिन्छ र बजारले के लिन्छ ? भन्ने मुख्य कुरालाई ध्यानमा राखेर उत्पादन गरेमा कुनै पनि किसान निरासा हुनु नपर्ने बताए ।   उनले परम्परागत ढाँचबाट माथि उठेर आधुनिक कृषि खेती तर्फ लाग्न सुझाव दिए ।

कार्यक्रममा पोखरेलले नयाँ पुस्तालाई कृषि कर्म सिकाउनको लागि पनि स्मार्ट कृषि गाउको अवधारण प्रदेश सरकारले ल्याएको बताए ।

कार्यक्रममा प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री आरती पौडेलले एकिकृत रुपमा कृषिको विकासको लागि प्रदेश सरकार लागिपरेको बताईन् । उनले सहकारी, वनलाई समेटेर समेत कृषि क्षेत्रको विकास गरिने जानकारी दिँदै स्मार्ट कृषि गाउँले अन्य व्यवसायीहरुको लागि किसानकै घर दैलोमा आएर उचित मुल्य तिर्ने वातावरण सृजना हुने बताईन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपानले बुद्धको मावली देवदहबाट सुरुवात भएको प्रदेश नम्बर ५ को स्मार्ट कृषि गाउँले सकारत्मक सन्देश पैदा गरेको बताए ।

देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले दूधको पकेट क्षेत्रको रुपमा रहेको देवदहलाई नमुना गाउँको रुपमा विकास गर्न धुलो दूधको प्लान्ट स्थापना गर्नको लागि प्रदेश सरकार सँग माग गरे । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव याम नारायण देवकोटाले प्रत्येक स्मार्ट कृषि गाउँलाई ५० लाख रुपैयाँ विनियोजन गरी मन्त्रालयले नमुना गाउँ निर्माण गर्ने योजना अगाडी बढाएको बताए ।

सुरुवाती चरणमा छनौट भएको गाउँको माटो परीक्षणदेखि लिएर, के कस्तो उत्पादन गर्न सकिन्छ भन्ने विषयमा लगानी गरिने मन्त्रालयले जनाएको छ । किसानहरुलाई व्यवसायीक रुपमा उत्पादनतर्फ डोर्योउँन यो अवधारण अगाडि बढाइएको मन्त्रालयको भनाइ छ ।

नमुनाको रुपमा सुरुवात गरिएको गाउँबाट अन्य किसानहरुको लागि समेत सिक्ने थलोको रुपमा विकास हुने अपेक्षा व्यक्त गरिएको छ । प्रत्येक निर्वाचन क्षेत्रका सांसादहरुले एउटा एउटा गाउँ स्मार्ट कृषि गाउँको रुपमा छनौट गर्ने छन् । सोही अनुसार पहिलो पटक प्रदेशमा रुपन्देही क्षेत्र नम्बर १(१)का सांसाद डा. कृष्ण  न्यौपानेको गाउँ छनौटमा परेको हो ।

प्रकाशित समय १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु