गृहपृष्ठ जनसम्पर्क समिती कोरियाको सभापतिमा मल्ल विजयी
जनसम्पर्क समिती कोरियाको सभापतिमा मल्ल विजयी
दक्षिणा कोरिया: नेपाली काग्रेसको प्रवासी भातृसंगठन जनसम्पर्क समिती दक्षिण कोरियाको सभापतीमा आस्था बिन्दु मल्ल विजयी हुनु भएको छ । आइतबार भएको निर्वाचनमा निवर्तमान उपसभापति भजिन्द्र क्षेत्रीलाई ३७ मत अन्तरले पराजित गर्दै मल्ल बिजयी हुनुभएको हो । तनहुबाट दक्षिण कोरिया जानु भए भएकी मल्ल लामो समय देखि कोरियामा रहेका प्रवासी नेपालीको हक हितको लागि लड्दै आउनु भएको छ ।
बिजयी भएपछि मल्लले आफुलाई दिएको जिम्मेवारीलाई अझ ससक्त ढंगले अगाडी बढाउने सबैलाई साथ लिएर नेपालीहरुको हक हितमा निरन्तर काम गर्ने प्रतिवद्धता जनाउनु भएको ।
दक्षिण कोरियाको राजधानी सौलमा सम्पन्न ५ औं अधिवेशनबाट भएको निर्वाचनमा आस्थाविन्दु मल्ल ९६ मत ल्याउनु भएको थियो भने भजिन्द्र क्षेत्रीले ५९ मत ल्याउनु भएको थियो । यस्तै उपसभापति जितेद्र महता,लक्ष्मण दाहाल, सुभाष योगी निर्वाचित हुन भएको छ । महामन्त्रीमा कुमार थापालगायत मल्लको प्यालननै बिजयी भएको हो । अभिबेशनमा पुर्व स्वास्थ्य मन्त्री गगन थापा, गोविन्द भट्टराई लगायतका केन्द्रिय नेताहरु सौलको अधिबेशसमा पुग्नु भएको थियो ।
प्रकाशित समय १७:०५ बजे
















