गृहपृष्ठ नेपाल इन्भेष्टमेण्टको एक्स्टेन्सन काउण्टर बर्दियाको बबईमा
नेपाल इन्भेष्टमेण्टको एक्स्टेन्सन काउण्टर बर्दियाको बबईमा
नेपाल इन्भेष्टमेण्ट बैंकले बर्दियाको बासगढी नगरपालिका–१, बबई चेपाङमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बबई एक्सेन्टर काउण्टर बैंकको सुर्खेत शाखाअन्तर्गत रहेको छ ।
बबई एक्स्टेन्सन काउण्टरबाट रकम खातामा जम्मा गर्न र झिक्न मिल्नुका साथै रेमिट्यान्सको सुविधा, मोबाइल बैंकिङ जस्ता बैंकिङ कारोबार गर्न सकिनेछ । सुर्खेत-कोहलपुर सडकखण्डमा पर्ने रत्न राजमार्गको बबई चेपाङमा राष्ट्रिय गौरवको बहुचर्चित भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना छ ।
यो काउण्टरले सुर्खेत-कोहलपुर खण्डमा पर्ने सम्पूर्ण व्यापारिक केन्द्रका साथै छिन्चु, बबईलगायतका जनतालाई आर्थिक कारोबार गर्न सहयोग पु-याउनेछ ।
प्रकाशित समय १२:२६ बजे

















