गृहपृष्ठ लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २८)

लोकसेवा सहयोगी प्रश्नोत्तर (भाग २८)

सिस्नुले पोल्दा मानिसको शरीरमा कुन एसिडको प्रवेश हुन्छ ?

loksewa-newskarobar.com

१. बर्मुडा त्रिकोण कुन महासागरमा पर्छ ?

– आन्ध्र महासागर

२. अन्तरिक्षमा पुग्ने पहिलो मानव निर्मित यान कुन हो ?

– स्पुतनिक १

३. बागमती सिँचाइ आयोजना कुन–कुन जिल्लामा पर्छ ?

– सर्लाही र रौतहट

४. प्रसिद्ध तीर्थस्थल नाभिस्थान कुन जिल्लामा पर्छ ?

– दैलेख

५. गौरा पर्वमा कुन देवताको पूजा गरिन्छ ?

– शिव र पार्वती

६. नेपालले सर्वप्रथम श्रम सम्झौता गरेको मुलुक कुन हो ?

– कतार

७. नेपालमा रहेका ११८ वटा पारिस्थितिकीय प्रणालीमध्ये कतिवटा संरक्षित क्षेत्रभित्र पर्छन् ?

– ८०

८. सार्क स्थायी समितिको बैठक कहिले–कहिले बस्छ ?

– आवश्यकताअनुसार

९. एउटा मिटिङको समापनपश्चात् सहभागीमध्ये १० जनाले एक–अर्कामा पटक–पटक हात मिलाए भने त्यहाँ जम्मा कति पटक हात मिलाउने कार्य हुन्छ ?

– ४५

१०. विश्वमा पहिलोपटक रोबोटलाई नागरिकता प्रदान गर्ने देश कुन हो ?

– साउदी अरब

११. कुन ग्रहलाई रातो ग्रह उपनामले चिनिन्छ ?

– मंगल

१२. मल्लकालीन इतिहासमा प्रजापालक राजा उपनामले कसलाई चिनिन्छ ?

– महेन्द्र मल्ल

१२. कास्कीका अन्तिम राजा को हुन् ?

– सिद्धिनारायण शाह

१३. बालअधिकारसम्बन्धी महासन्धिलाई नेपालले कहिले अनुमोदन गरेको हो ?

– १४ सेप्टेम्बर १९९०

१४. युनेस्कोको स्थापना कहिले भएको हो ?

– ४ नोभेम्बर १९४६

१५. नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित ‘भिजन २००५’ अवधारणा ल्याउने व्यक्ति को हुन् ?

– ताकासी मियाहारा

१६. सिस्नुले पोल्दा मानिसको शरीरमा कुन एसिडको प्रवेश हुन्छ ?

– मित्यानोइक एसिड

१७. जैविक विविधता सूचना केन्द्र नेपालको कुन ठाउँमा छ ?

– टिकौली, चितवन

१८. सूर्य, ग्रह, उपग्रह, उल्कापिण्ड, शिशुग्रह आदिको समग्र रुपलाई के भनिन्छ ?

– सौर्यमण्डल

१९. व्यापारिक वायु कहाँ पाइन्छ ?

– अयनमण्डल बीच र भूमध्य रेखामा

२०. अमेरिकी स्वतन्त्र संग्रामको नारा के थियो ?

– जीवन, स्वतन्त्रता र सुखको खोजी

 

न्युज कारोबार लोकसेवा क्विजमा सहभागी हुनुहोस् ।

न्युज कारोबार क्विज (सामान्य ज्ञान)

 

प्रकाशित समय २१:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु