गृहपृष्ठ नेपाल इन्स्यारेन्सको ७.५ प्रतिशत लाभांश घोषणा

नेपाल इन्स्यारेन्सको ७.५ प्रतिशत लाभांश घोषणा

nepal-insurance-newskarobar

नेपाल इन्स्यारेन्सले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । इन्स्यारेन्स सञ्चालक समितिको असार ५ गते सम्पन्न बैठकले सेयरधनीलाई चुक्ता पुँजीको ७.५ प्रतिशतका दरले बोनस तथा कर प्रयोजनका लागि नगद वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको निर्णय बिमा समिति र साधारणसभाबाट स्वीकृत भएपछि कार्यान्वय हुनेछ । बोनसबापत ७ करोड ६४ लाख ३२ हजार ७८९ रूपैयाँ र बोनसमा लाग्ने करबापतको ४० लाख २२ हजार ७७८ रुपैयाँ वितरण हुने कम्पनीले जनाएको छ ।

प्रकाशित समय १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु