गृहपृष्ठ हिमालयन जनरल इन्स्योरेन्सको खुद बिमा शुल्क र नाफा दुबै घट्यो
हिमालयन जनरल इन्स्योरेन्सको खुद बिमा शुल्क र नाफा दुबै घट्यो
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा खुद बिमा शुल्क र नाफा दुवै घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत वर्षको चौथो त्रैमाससम्ममा २७ करोड ४१ रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीको खुद बिमा शुल्क २७ करोड ९२ लाख रुपैयाँ थियो ।
कम्पनीले समीक्षा अवधिमा ४ हजार ४३२ वटा बिमा दाबी भुक्तानी गरेको छ भने ९२० वटा बिमा दाबीको भुक्तानी गर्न बाँकी छ । यो अवधिमा कम्पनीले १७ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो वर्षको तुलनामा १४.४५ प्रतिशत कम हो । कम्पनीले अघिल्लो वर्ष २० करोड २३ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
कम्पनीको चुक्तापुँजी एक अर्ब रुपैयाँमाथि छ भने जगेडा कोषमा २५ करोड १७ लाख रुपैयाँ छ । कम्पनीले बिमा कोषमा ५६ करोड २८ लाख रुपैयाँ सञ्चित गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ २० पैसा छ ।
प्रकाशित समय १७:४० बजे

















