गृहपृष्ठ नेसनल लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश

नेसनल लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले २०७५/७६ को नाफाबाट लगानीकर्तालाई १७.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने गरी १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांशसम्बन्धी प्रस्ताव शुक्रबार बसेको सञ्चालक समिति बैठकले पारित गरी बिमा समितिसमक्ष पेस गर्ने निर्णय गरेको छ । हालै सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत आवमा कम्पनीले ३९ करोड १२ लाख २९ हजार रुपैयाँ नाफा गरेको छ ।

तीन अर्ब ८ करोड २६ लाख २६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ४६ करोड २३ लाख ९३ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । बोनस सेयरमा लाग्ने कर नगद लाभांशबाटै कट्टा गर्ने कम्पनीले जनाएको छ ।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी तीन अर्ब १५ करोड ९६ लाख ९२ हजार पुग्नेछ । साउन ३० गते सम्पन्न कम्पनीको ४३६औं सञ्चालक समितिको बैठक लाभांश वितरण सम्बन्धी निर्णय गरेको नेसनल लाइफ इन्स्योरेन्सले जनाएको छ ।

प्रकाशित समय १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु