गृहपृष्ठ प्राइम लाइफ इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
प्राइम लाइफ इन्स्योरेन्स र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकको बिमाशुल्कलगायतको भुक्तानी प्रक्रिया सरलताका लागि अनलाइन सेवाको विस्तार गरेको छ । त्यसका लागि कम्पनीले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग कनेक्ट आईपीएस तथा एनसीएचएल आइपीएसलगायत सेवाका लागि सम्झौता गरिसकेको छ । सम्झौता पत्रमा प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
यससँगै बिमितले घरमै बसेर बिमाशुल्कलगायत भुक्तानी गर्न सक्नेछन् भने अन्य सम्बद्ध पक्षले समेत भूक्तानी प्राप्त गर्न कार्यालयमा आउनु नपर्ने भएको छ । प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत भट्टराईले हालको विषम परिस्थितिमा ग्राहकलाई डिजिटल भुक्तानी सुविधा प्रदान गरी प्रभावकारी सेवा दिन लागिएको बताए । कम्पनीले देशभरका १५० भन्दा बढी स्थानबाट जीवन बिमा सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित समय १३:५८ बजे

















