गृहपृष्ठ व्यवसायीलाई २४ घण्टाभित्रै कर्जा स्वीकृत गर्न सिद्धार्थ बैंकको ‘स्कोरकार्ड मोडल’
व्यवसायीलाई २४ घण्टाभित्रै कर्जा स्वीकृत गर्न सिद्धार्थ बैंकको ‘स्कोरकार्ड मोडल’
सिद्धार्थ बैंकले कर्जा स्वीकृति प्रक्रिया ‘स्कोरकार्ड मोडल’को सुरुवात गरेको छ । बैंकले ग्राहकको वित्तीय र गैरवित्तीय सूचकांकका आधारमा नयाँ मोडल सुरु गरेको हो । साना तथा मझौला व्यवसायीलाई छोटो समयमै सरल तथा सहज रुपमा कर्जा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त मोडलको सुरुवात गरेको जनाएको छ ।
स्कोरकार्ड मोडलअन्तर्गत बैंकले एक करोड रुपैयाँसम्मको लघु, साना तथा मझौला कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेस गरेको २४ कार्य घण्टाभित्र स्वीकृत गरिने व्यवस्था मिलाएको छ । यो स्कोर कार्ड मोडल सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामबीचको सहकार्यमा देशको लघु, साना तथा मझौला उद्यमका लागि सरल प्रक्रियामा कर्जा प्रधान गर्न र वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो ।
प्रकाशित समय १४:०२ बजे

















