गृहपृष्ठ नेपाल स्टार विजेतालाई रिलायन्स लाइफ इन्स्योरेन्सको एक करोडको बिमा योजना

नेपाल स्टार विजेतालाई रिलायन्स लाइफ इन्स्योरेन्सको एक करोडको बिमा योजना

रिलायन्स लाइफ इन्स्योरेन्सले नेपाल स्टार विजेतालाई एक करोड रुपैयाँबराबरको जीवन शान्ति बिमा योजना प्रदान गर्ने भएको छ । त्यस्तै कम्पनीले दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने प्रतिस्पर्धीलाई ५० लाख रुपैयाँबराबरको जीवन शान्ति बिमा योजना प्रदान गर्ने भएको छ ।

सोसम्बन्धी सम्झौता पत्रमा रिलायन्स लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र कि एड्भरटाजिङ सर्भिस प्रालिका प्रबन्ध निर्देशक रवीन्द्रकुमार रिजालले हस्ताक्षर गरेका थिए । कार्यक्रममा नेपाल स्टारका निर्णायक मण्डलका सदस्य वरिष्ठ संगीतकार आलोक श्री र रामकृष्ण ढकाललगायत कम्पनीका वरिष्ठ पदाधिकारीको उपस्थिति थियो ।

प्रकाशित समय १४:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु