गृहपृष्ठ सिटिजन लाइफको व्यवसायमा उच्च वृद्धि, जीवन बिमा कोष १३० प्रतिशतले बढ्यो

सिटिजन लाइफको व्यवसायमा उच्च वृद्धि, जीवन बिमा कोष १३० प्रतिशतले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायमा उच्च वृद्धि भएको छ । कम्पनीले हालै जारी गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको जीवन बीमा कोष १३० प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा कम्पनीको जीवन बिमा कोषमा २ अर्ब ३९ करोड ८१ लाख रूपैयाँ संकलन भएको छ । गत आवको सोही अवधिमा यो रकम १ अर्ब ४ करोड ४० लाख रूपैयाँ थियो ।

कम्पनीले गत आवको पुससम्ममा कुल बिमा शुल्क ८० करोड ८८ लाख संकलन गरेकोमा चालू आवको सोही अवधिमा १ अर्ब ४० करोड २१ लाख रूपैयाँ संकलन गरेको छ । बिमा शुल्क ७३ प्रतिशत बढेको हो ।

कम्पनीको जगेडा तथा कोषको आकार पनि ४२ करोड १ लाखबाट ७३ प्रतिशतले बढेर ७२ करोड ८० लाखमा पुगेको छ । त्यस्तै लगानी र बिमालेखको धितो तथा अन्य कर्जाबाट प्राप्त हुने आयमा ५४ प्रतिशतको वृद्धि भई १५ करोड ४ लाख रूपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीले कुल लगानी तथा कर्जा रकम ४ अर्ब ९६ करोड रूपैयाँमध्ये करिब ८३ प्रतिशत रकम विभिन्न बैंक तथा वित्तीय संस्थाको दीर्घकालीन अवधिको ऋणपत्र तथा मुद्धती निक्षेपमा लगानी गरेको छ ।

प्रकाशित समय ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु