गृहपृष्ठ नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त
नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईं नियुक्त

नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाईं नियुक्त भएका छन् । कम्पनीको माघ २७ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले कार्यवाहक सीईओ प्रसाईंलाई सीईओमा पदोन्नति गर्ने निर्णय गरेको हो ।
तीन वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध प्रसाईंले साउन १ गतेदेखि कार्यवाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनीसँग बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिमा सात वर्ष काम गरेको अनुभव पनि छ ।
प्रकाशित समय ०७:२२ बजे