गृहपृष्ठ सिद्धार्थ बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सहकार्य
सिद्धार्थ बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सहकार्य

सिद्धार्थ बैंक र काठमाडौंको तीनकुनेमा रहेको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सहकार्यका लागि सम्झौता भएको छ । सम्झौता पत्रमा सिद्धार्थ बैंकका हेड कार्ड रविन मल्ल र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका बिक्री तथा बजार व्यवस्थापन निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकका ग्राहकले सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीअन्तर्गत देशभर रहेका होटल, रेस्टुरेन्ट, रिसोर्ट तथा क्याफेहरुमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैँकिङ, इन्टरनेट बैँकिङमार्फत होटल बसाइ, खाना, बेभरेजका लागि भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउनेछन् । यो सुविधाले ग्राहकलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
प्रकाशित समय ०७:३२ बजे