गृहपृष्ठ तौलिहवामा एशियन लाइफ इन्स्योरेन्सको उपशाखा
तौलिहवामा एशियन लाइफ इन्स्योरेन्सको उपशाखा
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश ५ बुटवलको शाखा कार्यालयअन्तर्गत कपिलवस्तुको तैलिहवामा नयाँ उपशाखा विस्तार गरेको छ । उक्त उपशाखा कार्यालयको कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहले उद्घाटन गरे । कार्यक्रममा कम्पनीको बुटवल शाखाका मुख्य प्रबन्धक कृष्णकुमार पुरी, उपशाखा प्रमुख अवदराम यादव र कम्पनीका अभिकर्तालगायतको उपस्थिति थियो ।
पिछडिएका क्षेत्र भएकाले यहाँका बासिन्दालाई जोखिम हस्तान्तरण गर्न सिकाउन, अनिवार्य बचत, सुन्दर भविष्य बचत र बिमाको बारेमा थप जानकारी दिनका लागि उपशाखा विस्तार गरेको बुटवल शाखाका मुख्य प्रबन्धक पुरीले जानकारी दिए ।
प्रकाशित समय १७:३६ बजे

















