गृहपृष्ठ बुटवलमा सानिमा लाइफ इन्स्योरेन्सको नयाँ शाखा सञ्चालन
बुटवलमा सानिमा लाइफ इन्स्योरेन्सको नयाँ शाखा सञ्चालन
काठमाण्डौँ – सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले आइतबार देखी रुपन्देहीको बुटवलबाट आफनो नयाँ साखा संचालनमा ल्याएको छ । बुटवल उपमहानगरपालीकाका प्रमुख शिबराज सुबेदीले उक्त शाखा कार्यालयको उद्घाटन गरे । यस शाखाले बिमा प्रतिको आकर्षण बढाउन बिश्वसनिय सुबिधा र सेवा प्रदान गर्ने उनले बताए । साथै सर्वसाधारणमा बिमा प्रतिको विश्वास बढाएर बिमाको दायरमा ल्याउनु पर्ने बताउदै बुटवल उपमहानगरपालीका भित्र रहेका सबै सुचिकृत संघसंस्थाहरु संग सहकार्य गरेर अगाडि बढ्न पनि उपमहानगरपालीका तयार रहेको बताए ।
सानिमा लाईफ इन्स्योरेन्सका मुख्य प्रबन्धक गणेश चौलागाईले आकर्षक र भरपर्दो बिमा कम्पनीको रुपमा सानिमा आएको बताउदै सर्बसाधारणमा बिमा जोखिमको हस्तान्तरण र बचत हो भन्ने भावनाको बिकास गराउने जानकारी दिए ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य सुरेन्द्रप्रसाद श्रेष्ठले स्वदेशी बिमा कम्पनीहरुको विकास र बिस्तारले स्वदेशी पुजिको संरक्षण र लगानीमा सहयोग पुग्ने बताए । त्यसै गरि कम्पनीका क्षेत्रिय प्रबन्धक जयदेव गौतमले बुटवलमा सेवा सुरु गरि सानिमा लाइफले जनतामा आर्थिक सुरक्षाको धारणा विकसित गराउदै आर्थिक , सामाजीक र व्यक्तीत्व बिकासका लागि जिवन बिमा आवश्यक छ भन्ने चेतना जगाउने बताए । १ अर्व ४० करोड चुक्ता पुजी रहेको सानिमा लाइफ इन्स्योरेन्सले निकट भबिष्य मै ६० करोड बराबरको सर्बसाधारणका लागि सेयर जारी गर्ने छ ।
प्रकाशित समय १९:५४ बजे

















