गृहपृष्ठ उद्योगीले व्यापारी प्रवृत्ति त्याग्नुपर्छ : मन्त्री यादव
उद्योगीले व्यापारी प्रवृत्ति त्याग्नुपर्छ : मन्त्री यादव
काठमाडौं– उद्योग वाण्ज्यि तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले उद्योग सञ्चालनको नाममा व्यापारी प्रवृत्ति त्याग्न उद्योगीहरुलाई आग्रह गरेका छन् । आइतबार युनाइटेड बेभरेज प्रालिका जुसहरुको उद्घाटनका क्रममा मन्त्री यादवले स्वदेशी उद्योगको नाममा व्यापारीको प्रवृत्ति हावी भएको बताए । ‘हाम्रो समस्या के छ भने हामी उद्योगपति भन्छाैं, दिमाग भने व्यापारीको छ, साइनबोर्ड उद्योगको हुने तर कताबाट माल लिएर छाप लगाएर बढी नाफा कमाउने छ,’ उनले भने ।
मन्त्री यादवले नेपालमा उद्योग स्थापना गर्न र विदेशी बजारमा निर्यात गर्न सक्ने गरी अघि बढ्न अनुरोध गरेका छन् । बिनाजोखिम लगानी गर्न नसकिने भन्दै धेरै सुरक्षा खोज्दा लगानी विस्तार हुन नसेको पनि उनले बताए । ‘मरिन्छ कि भनेर डराएको भए युद्ध सम्भव थिएन, त्यस्तै गरी नेपाली उद्योगी घाटामा जान्छ कि भन्ने हो भने लगानी विस्तार हुँदैन, नडरार्इ लगानी गर्नुस्,’ उद्योगमन्त्री यादवले भने।
अन्तर्राष्ट्रिय बजारका सामग्री सहजै आउने र उपयुक्त प्रविधि नभएका कारण नेपाली सामग्री अन्तर्राष्ट्रिय बजारमा पठाउँदा समस्या हुने गरेकाले छिटै मापदण्ड निर्धारण गर्ने उपयुक्त प्रविधि भित्र्याउने उनले बताए । कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारकै नीतिका कारण मुलुकभित्र उद्योग फस्टाउन समस्या भएको तर्क गरे । अहिलेको बहुमतको सरकारले स्वदेशी उद्योग प्रवर्धनमा उपयुक्त निर्णय लिनुपर्ने उनको भनाइ छ ।
प्रकाशित समय २०:१२ बजे

















