गृहपृष्ठ बजेटमा अर्थमन्त्रीको जवाफ: ८ प्रतिशत आर्थिक वृद्घिदर सजिलै पुरा हुन्छ

बजेटमा अर्थमन्त्रीको जवाफ: ८ प्रतिशत आर्थिक वृद्घिदर सजिलै पुरा हुन्छ

yubaraj-khatiwoda फाइल तस्बिर

 

काठमाण्डौँ — अर्थमन्त्री डा. युवराज खतिवडाले सार्वजनीक गरेको आगामी आर्थिक बर्ष २०७५÷७६ को बजेटमा वाम घोषणापत्र र कम्युनिस्ट सरकारको नीति तथा कार्यक्रमका विषय छुुटेको भन्दै सत्तरुढ दलका सांसदहरुले आलोचना गरेका छन् । जसको जवाफमा उनले आफुहरु लामो यात्रामा रहेको भन्दै अहिले नै जित र हारको निष्कर्स ननिकाल्न आग्रह गरेका छन । उनले भने नीति तथा कार्यक्रम कार्यान्वयन गर्न छु भन्नु १०० ५०० मिटरमै जीति हारको निष्कर्स निकाल्न खोन्नु हो । हेर्दै जानुस हामी म्याराथन जित्छौ ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमको शिर्षकलाई परिवर्तन गरेर वजेट दिए पनि स्थानिय जन प्रतिनिधीलाई राखेर आफुहरुको अनादर गरेको चनि आलोचना गरेपछि अर्थमन्त्री खतिवडाले आफुले बजेटमा कसैलाई पनि अनादर नगरेको स्पष्टिकरण दिए । उनले भने हामीले हाम्रो मर्यादा खोजिरहँदा तलका जनप्रतिधीलाई सम्मान गर्नुपर्छ । अहिले जुन प्रणाली बाट सांसद चनिए पनि सबै बरावर भएको बताउदै विधीको शासनको कुरा गर्ने र लोकतन्त्रलाई जनताको सहि मत प्राप्त गरेर चुनाव जित्ने प्रणालीमा गए निर्वाचन प्रणालीका बारेमा सोच्नु पर्ने बताए ।यसै गरि अर्थमन्त्री खतिवडाले आगामी आर्थिक बर्षमा ८ प्रतिशतको वृद्घिदर हासिल गर्न कठिन नरहेको भन्दै आगामी बर्षमा पुराहुने ठुला विधुत आयोजना, खानेपानी आयोजना र बजेटमा ल्याएका रोजगारीका कार्यक्रबाट सजिलै आर्थिक वृद्घि हासिल गर्न सकिने बताए । संघिय सरकारको बनेठ हेर्दा ८ प्रतिशत आर्थिक वृद्घिको दावि गर्नु गलत नभएको भन्द प्रदेश र स्थानिय तहको बजेठले पनि वृद्घिदरलाई सहयोग गर्ने बताए ।

बजेट विनियोजन गर्दा वित्त आयोगका पदाधिकारीले दिएको सुझावका आधारमा गरेको भन्दै अर्थमन्त्री खतिवडाले कुनै पनि क्षेत्रमाथि विभेद नभएको दावी गरेका छन । । ‘भूगोल, जनसंख्या, विकास, मानव विकासको आधारमा बजेट विनियोजन भएको छ’ उनले भने ‘कुनै निर्वाचन क्षेत्र कसैले जितेको छ, निर्वाचन क्षेत्र हिमाल तराइमा परेको छ भनेर विनियोजन भएको छैन, विभेदको धेरै कुरा नगर्न म आग्रह गर्दछु ।’

 

प्रकाशित समय २१:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु