गृहपृष्ठ सुनको मूल्य प्रतितोला एक लाख तीन हजार नाघ्यो
सुनको मूल्य प्रतितोला एक लाख तीन हजार नाघ्यो
नेपाली बजारमा सुनको मूल्य प्रति तोला एक लाख तीन हजार पाँच सय पुगेको छ । निरन्तर उकालो लागेको सुनको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ । कोरोना महामारीको प्रकोप विश्वभर फैलिएपछि सुनमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको छ ।
अहिले नेपाली बजारमा सुनको मूल्य एक लाख तीन हजार पाँच सय पुगेको छ भने तेजावी सुनको मूल्य एक लाख तीन हजार पुगेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार चाँदीको मूल्य पनि प्रति तोला एक हजार ४०५ पुगेको छ ।
प्रकाशित समय १५:५० बजे

















