गृहपृष्ठ महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीबीच सम्झौता
महालक्ष्मी विकास बैंक र सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीबीच सम्झौता
महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण परीक्षण (पीसीआर) परीक्षणका साथै अन्य गुणस्तरीय स्वास्थ्य सेवामा छुट प्रदान गर्ने उद्देश्यले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीसँग २०७७ साल भाद्र २१ गते एक सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उमेशप्रसाद गुप्ताले हस्ताक्षर गरेका छन् । उक्त सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारीलगायत कर्मचारीका परिवारले सेन्ट्रल डायगनोस्टिक ल्याब्रोटरीमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा छुट पाउनेछन् ।
सम्झौताअनुसार बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु, कर्मचारी साथै कर्मचारीका परिवारले जनरल प्याथोलोजी टेष्टमा अधिकतम २५ प्रतिशत र कोभिड १९ को संव्रmमण परीक्षण पीसीआरमा अधिकतम १५ प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । देशका १०२ वटा शाखाहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंकले आगामी दिनहरुमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु गर्दै जाने सहमति गरेको छ ।
प्रकाशित समय १५:४५ बजे

















