गृहपृष्ठ भीमसेन मन्दिर पुनर्निर्माणका लागि प्राइम बैंकको १० लाख सहयोग

भीमसेन मन्दिर पुनर्निर्माणका लागि प्राइम बैंकको १० लाख सहयोग

prime-bank-newskarobar

ललितपुरको पाटन दरबार क्षेत्रस्थित भीमसेन मन्दिर पुनर्निर्माणमा प्राइम बैंकले १० लाख रूपैयाँ सहयोग गरेको छ । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले आइतबार १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

भारत सरकारले पुनर्निर्माण गर्ने भनेर चार वर्षसम्म झुलाएपछि ‘ललितपुरको इतिहासमा दान दातव्य’ भन्ने नारालाई पाटनबासीले अघि बढाउँदै गत वर्षको असार १२ गते गाईको पुच्छरमा डोरी बाँधेर मन्दिरको पुनर्निर्माण सुरु गरेका थिए । मन्दिर पुनर्निर्माणमा स्थानीय बासिन्दा आफैँ जुटेको पाएपछि बैंकले सहयोग गरेको हो । कोरोना महामारी आउनुअघि मन्दिर निर्माणका लागि राष्ट्रिय वाणिज्य बैंकले पाँच लाख र एभरेष्ट बैंकले एक करोड रुपैयाँ सहयोग गरेको थियो ।

त्यस्तै तदर्थ समितिका सदस्यले ९० हजार र ललितपुर महानगरपालिकाले एक करोड दिइसकेको अध्यक्ष महर्जनले जानकारी दिए । ‘हाम्रो सम्पदा हामी आफैँ बनाऔँ’ भन्ने नाराका साथ मन्दिर पुनर्निर्माणमा सुन लेपन खर्चबाहेक चार करोड ९३ लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रकाशित समय १४:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु