गृहपृष्ठ बुटवल उपमहानगरका थप चार विधेयक पारित

बुटवल उपमहानगरका थप चार विधेयक पारित

butwalnagar-newskarobar

बुटवल उपमहानगरपालिकाले थप चार विधेयक पारित गरेको छ । उपमहानगरको जारी तेस्रो नगरसभामा प्रस्तुत भएका विधेयक पारित भएका हुन् ।

नगरसभाले आर्थिक विधेयक–२०७५, आर्थिक कार्यविधि विधेयक–२०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक–२०७५ र नगर स्वास्थ्य विधेयक–२०७५ पारित गरेको हो ।
नगरसभामा उपप्रमुख गुमादेवी आचार्यले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन विधेयक, आर्थिक समितिका संयोजक टंक पराजुलीले आर्थिक विधेयक र सीतादेवी आचार्यले नगर स्वास्थ्य विधेयक प्रस्तुत गरेकी थिइन् ।

उपमहानगरको दोस्रो नगरसभाले यसअघि २६ वटा विधेयकहरु पारित गरिसकेको छ । जारी नगरसभामा अहिले बजेटमाथि अन्तिम छलफल भइरहेको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि एक अर्ब ६६ करोड ५० लाख १६ हजार आठ सय ३१ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बजेटको मुख्य उद्देश्य ‘सुन्दर बुटवल, समृद्ध बुटवल ः खुसी बुटवलबासी’ रहेको छ । पर्यटन, कृषि, उद्योग, व्यापार–व्यवसायलाई समृद्धिको आधारका रुपमा लिँदै उपमहानगरले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रकाशित समय २०:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु