गृहपृष्ठ रंगेली नगरपालिकाका प्रमुख बगडियाले राज्यबाट कुनै पनि सेवासुविधा नलिने
रंगेली नगरपालिकाका प्रमुख बगडियाले राज्यबाट कुनै पनि सेवासुविधा नलिने

मोरङको पुरानो सदरमुकाम रंगेली नगरपालिकाका प्रमुख दिलिप बगडियाले पाँच वर्षे कार्यकालमा आफूलाई प्राप्त हुने तलब, भत्ता र अन्य कुनै पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
गत वर्ष असार २८ गते प्रमुख पद सम्हालेका बगडियाको एक वर्ष पुग्दै छ । प्रमुखले प्राप्त गर्ने मासिक ३० हजार तलब, बोर्ड बैठक भत्ता र विभिन्न गोष्ठी, सेमिनारमा प्राप्त हुने करिब ४५ हजार रुपैयाँ नलिने बगडियाले बताए । बगडियाले आफूलाई प्राप्त हुने सेवा सुविधा असाहाय, गरिब र विपत्तिमा परेका जनतामा खर्च गर्ने बताए ।
पारिवारिक जीवनका लागि नगरपालिकाबाट प्राप्त कुनै पनि रकम नलिने बगडियाको भनाइ छ । बगडियाले नगरपालिकाको गाडी सुविधासमेत आफूले प्रयोग नगर्ने घोषणा गरेका छन् । बगडियाले नगरपालिकाले प्रमुखका लागि खरिद गरेको गाडी आफूले नचढेर प्रमुख प्रशासकीय अधिकृतलाई प्रयोग गर्न दिएका छन् । उनी बगडिया प्रदेश १ कै ठूला उद्योगपतिमध्येमा पर्छन् । उनका विभिन्न स्थानमा इँटा उद्योग सञ्चालनमा छन्, जहाँ हजारौं स्वदेशी तथा भारतीय कामदार कार्यरत छन् ।
प्रकाशित समय १३:१९ बजे